दीयाले गरिन् वैभवसँग विवाह

दीयाले गरिन् वैभवसँग विवाह

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री दीया मिर्जाले सोमबार विवाह गरेकी छन् । उनले बिजनेश म्यान वैभव रेखीसँग बान्द्रास्थित एक गार्डनमा सजिएको मन्डपमा विवाह गरेकी हुन् ।

उनीहरुको विवाहको केहि तस्बिर सार्वजनिक भएको छ । जसमा दीया रातो रङको बनारसी साडीमा सजिएकी छन् भने वैभव सेतो सेरवानीमा देखिएका छन् । भारतिय मिडिया अनुसार उनीहरुले निकै साधारण तरिकाले विवाह गरेका छन् । उनीहरुको विवाहमा नजिकका आफन्त र साथीभाईको मात्रै उपस्थिति रहेको थियो ।

दीया र वैभव पछिल्लो एक वर्ष देखि प्रेम सम्बन्धमा थिए । दीयाको यो दोस्रो विवाह हो । उनको साहिल संघासँग विवाह भएको थियो । तर, विवाह भएको करिब ११ वर्षपछि उनीहरुको डिभोर्स भयो । त्यस्तै, वेभव रेखीको पनि केहि वर्ष अगाडी डिभोर्स भएको थियो । 

-एजेन्सी