बेच्न राखेपछि सिनेमा पनि व्यापारिक हुन्छ : प्रदीप खड्का

बेच्न राखेपछि सिनेमा पनि व्यापारिक हुन्छ : प्रदीप खड्का

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – लभर ब्वाईको भुमिकामा निर्वाह गर्दै आएका अभिनेता प्रदीप खड्का पछिल्लो समय सिनेमा छनोटमा निकै ध्यान दिइरहेका छन् । 

उनी पहिलो पटक ‘प्रकाश’मा लभर ब्वाईको छविलाई थाती राख्दै फरक रुपमा प्रस्तुत हुँदैछन् । उनी प्रकाशमा सरकारी विद्यालयको शिक्षक बन्न संघर्ष गर्ने युवाको भुमिकामा दैखिदैछन् । मंगलबार काठमाडौंमा आयोजित ‘प्रकाश’को निर्माण घोषणा कार्यक्रममा पत्रकारले उनलाई फरक भुमिकामा किन भन्ने प्रश्न गरेका थिए । उक्त प्रश्नको जवाफ दिदै प्रदीपले भने, ‘यो सिनेमा कस्तो बन्छ भनेर भन्नु भन्दा पनि मलाई चित्त बुझेको छ । तपाईहरुको माया र साथ पाए भने सार्थक हुन्छ ।’

उनले अगाडी भने, ‘सबै सिनेमा आर्ट नै हो । त्यो बेच्न राखेपछि व्यापारिक हुन्छ । पहिला आर्ट बन्छ त्यसपछि कस्तो व्यापार गर्छ भनेर तौलिन्छौं ।’ यो सिनेमाका लागि प्लस टु सकेर ब्याचुलर पढ्दै गरेको युवाको भुमिकाको लागि १० केजी तौल घटाउनु पर्नेछ । हाल उनले ७ केजी तौल घटाइसकेका छन् भने अझै ३ केजी घटाउन बाँकी छ । हाल वर्कसप चलिरहेको सिनेमा फागुन २२ गतेबाट फ्लोरमा जाने छ ।