यशराज फिल्मस्का पाँच सिनेमाको रिलिज घोषणा

यशराज फिल्मस्का पाँच सिनेमाको रिलिज घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउडको सबैभन्दा ठुलो सिनेमा निर्माण कम्पनी यशराज फिल्मस्ले यसबर्ष रिलिज हुने पाँच सिनेमाको प्रदर्शन मिति घोषणा गरेको छ । यस लिस्टमा रणवीर कपुरको ‘शमशेरा’देखि अक्षय कुमारको ‘पृथ्वीराज’सम्म छन् ।

यशराज ब्यानरले सबैभन्दा पहिले अर्जुन कपुर र परिणिति चोपडा अभिनित सिनेमा ‘संदीप और पिंकी फरार’ बाट प्रदर्शनको सुरुवात गर्दैछ । दीवाकर बनर्जीको निर्माण तथा निर्देशन रहेको सिनेमा मार्च १९ बाट विश्वभरका सिनेमा घरमा रिलिज हुँदैछ ।

‘संदीप और पिंकी फरार’पछि यशराज फिल्मस्ले सैफ अली खान, रानी मुखर्जी, सिद्धान्त चर्तुवेदी र सरवरीको डेव्यु सिनेमा ‘बन्टी और बबली २’ रिलिज हुनेछ । बरुण वी शर्माको निर्देशन रहेको सिनेमा २३ अप्रिलमा रिलिज हुनेछ ।

यस्तै, यशराज फिल्मस्को तेस्रो रिलिज सिनेमा हो ‘शमशेरा’ । रनवीर कपुरको सुपरहिट सिनेमा ‘सञ्जु’ रिलिजको तीन बर्षपछि रिलिज हुन लागेकाले पनि सिनेमा दर्शकको प्रतिक्षामा छ । पिरियड ड्रामा सिनेमामा रणवीरले पहिलो पटक डाँकुको भुमिका निवार्ह गरेका छन् । करण मल्होत्राको निर्देशनमा निर्माण भएको सिनेमामा रनवीरका अलवा सञ्जय दत्त र वाणी कपुरको अभिनय रहेको छ । बर्षकै बिग रिलिजको रुपमा हेरिएको सिनेमा जुन २५ बाट विश्वभरका सिनेमा घरमा रिलिज हुनेछ ।

यही बर्ष रिलिज हुने यशराज ब्यानरको अर्को सिनेमा हो ‘जयशभाई जोडदार’ । रणबीर सिंह र शालिनी पाण्डेको मुख्य भुमिका रहेको सिनेमा अगष्ट २७ बाट प्रदर्शनमा आउँदैछ । मनिष शर्माको निर्माण र दिव्यङ्ग ठक्करको निर्देशन रहेको सिनेमामा बोमन इरानी र रत्ना पाठक शाहको पनि अभिनय रहेको छ ।

यहि बर्ष रिलिज हुने यशराज ब्यानरको अर्को ठुलो सिनेमा हो ‘पृथ्वीराज’ । डाक्टर चन्द्रप्रकाश द्धिवेदीको निर्देशनमा निर्माण भएको सिनेमाबाट मिस वल्र्ड मानुषी छिल्लरले बलिउडमा डेव्यु गर्दैछिन् । नोभेम्बर ५ अर्थात दीपावलीको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको सिनेमामा अक्षय कुमार, संजय दत्त र सोनु सुदको मुख्य भुमिका रहेको छ ।

यीसवै सिनेमाको कोरोना महामारीका कारण प्रदर्शन रोकिएको थियो । बिस्तारै परिस्थीति सामान्य बनेर भारतमा सरकारले शतप्रतिसत अकुपन्सीमा सिनेमा हल खोल्न अनुमति दिइसक्दा कुनैपनि ठुला ब्यानरका सिनेमाले प्रदर्शन मिति घोषणा गर्न सकेका थिएनन् ।