‘अर्जुन रेड्डी’ नेपाली भर्जनको लागि कलाकारको खोजी

‘अर्जुन रेड्डी’ नेपाली भर्जनको लागि कलाकारको खोजी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुपरहिट दक्षिण भारतीय सिनेमा ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सनको लागी सिनेमा टिम कलाकारको खोजी गरिरहेको छ । निर्माण तथा वितरणको लागी अुनमती लिएको युवा फिल्म्सले अहिले सिनेमाको लागी कलाकारको अडिसन गर्ने तयारी गरिरहेको छ । सिनेमालाई विशाल सापकोटाले निर्देशन गर्दैछन् ।

सिनेमाको लागी मुख्य नायक, नायिका र अन्य कलाकारको अडिसन गरिने बताइएको छ । करिब १ बर्ष अगाडी निर्माण घोषणा गरिएको सिनेमामा विभिन्न अभिनेताको नाम जोडिएको थियो । युवा फिल्म्सको अनुसार केही दिनमै अडिसन गरिनेछ भने अडिसन दिनको लागी [email protected] मा इमेल गर्न आग्रह गरेका छन् । दक्षिण भारतीय सिनेमाको राइट्स लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली सिनेमा हो । सिनेमालाई केशव खड्का र आशिष श्रेष्ठले निर्माण गर्दैछन् ।

दक्षिण भारतीय अभिनेता विजय देवगरकोन्डा अभिनित अर्जुन रेड्डीलाई सन्दीप रेड्डी भङगले निर्देशन गरेका थिए । यही सिनेमाको हिन्दी रिमेक ‘कबिर सिंह’ गत वर्ष प्रदर्शनमा आएको थियो । जसमा बलिउड अभिनेता शाहिद कपुर र कियारा अड्वानीको अभिनय थियो ।