हरर सिनेमा ‘भेडिया’मा वरुण र कृति

हरर सिनेमा ‘भेडिया’मा वरुण र कृति

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता वरुण धवन र कृति सैनन हरर सिनेमा ‘भेडिया’मा देखिदैछन् । ‘स्त्री’ र ‘रुही’ पछि दिनेश विजानले ‘भेडिया’ निर्माण गर्दैछन् ।

रिलिज डेट सहित सिनेमाको टिजर सार्वजनिक गरिएको छ । यो सिनेमा २०२२ अप्रिल १४ मा रिलिज हुनेछ । सार्वजनिक टिजरमा एक जंगलमा एक व्यक्ति अचानक भेडा बनेको देखाइएको छ । वरुणले सामाजिक सञ्जालमा टिजर सार्वजनिक गर्दै लेखेका छन्, ‘स्त्री जी र रुही जीलाई भेडियाको प्रणाम !’

‘स्त्री’ निर्देशक अमर कौशिकले निर्देशन गर्ने सिनेमामा वरुण र कृतिसँगै अभिषेक बनर्जी र दीपक डोबरियालको पनि मुख्य भुमिका रहनेछ ।