कलाकार खोज्दै दयाहाङ र प्रकृतिको ‘बिहे पास’

कलाकार खोज्दै दयाहाङ र प्रकृतिको ‘बिहे पास’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चैत्र पहिलो साताबाट छायांकन जाने तयारीमा रहेको सिनेमा ‘बिहे पास’ले अडिसनमार्फत कलाकार छनोट गर्ने भएको छ । प्रवेश पौडेलको निर्देशनमा बन्ने सिनेमामा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् । बाँकी कलाकारका लागि निर्माण ब्यानर आरआर फिल्मस् प्रोडक्सनले ‘कास्टिङ कल’ गरेको हो ।

निर्देशक पौडेलका अनुसार सिनेमाका लागि २० देखि ६५ बर्षसम्मका २२ जना पुरुष र २०, २६, ४०, ५० र ६७ बर्षका ५ जना नारी कलाकारको आवश्यकता रहेको छ । स्क्रिप्टको मागअनुसार ‘कास्टिङ कल’ गरिएकाले नयाँ मात्र नभइ अनुभवी कलाकारले पनि अडिसनमा भाग लिन पाउने प्रावधान राखिएको जानकारी दिइएको छ । अडिसन फागुन ११ र १२ गते नेपाल फिल्म कास्टिङ कम्पनी, ग्वार्काे, ललितपुरमा हुनेछ । अडिसनमा सहभागी हुने इच्छुकले [email protected] मा इमेल गर्न सकिनेछ ।

रोहित कट्टेलको प्रस्तुति रहेको सिनेमाको कार्यकारी निर्माता रत्न श्रेष्ठ र सहनिर्माता ग्याल्जेन लामा छन् । सामाजिक विषयमा निर्माण गर्न लागिएको सिनेमाको कथा आकाश बराल, सजन काफ्ले र मुरे केरले लेखेका हुन् ।