सिनेमाको कथा मन परेपछि ‘कालिपुरुष’मा वर्षा अनुबन्धित

सिनेमाको कथा मन परेपछि ‘कालिपुरुष’मा वर्षा अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री वर्षा सिवाकोटी सिनेमा ‘कालिपुरुष’मा अनुबन्धित भएकी छन् । अभिनेत्री सिवाकोटीका अनुसार यो सिनेमाको वर्किङ टाइटल हो । पछि सिनेमाको नाम परिवर्तन गरिनेछ ।

विना कार्कीको लगानीमा निर्माण हुने सिनेमालाई राघव आचार्यले निर्देशन गर्दैछन् । यो उनको डेव्यु सिनेमा हो । आचार्यले भारतमा सिनेमा अध्यनका साथै केही वेब सिरिजमा काम समेत गरिसकेका छन् । यही सिनेमाबाट रमेश बाँनियाले अभिनेताको रुपमा डेब्यु गर्दैछन् ।

सिनेमामा मानकृष्ण महर्जनको छायांकन रहनेछ । सिनेमाको अन्य टिम विस्तारै फाइनल गर्दै लैजाने निर्माणपक्षको योजना छ । सस्पेन्स थ्रिलर कथामा सिनेमा निर्माण हुनेछ । वर्षाले सिनेमामा आफ्नो भूमिका, कथावस्तु र टिम हेरेर सिनेमा साइन गरेको बताइन् ।

इभाना इन्टरटेन्मेन्टको ब्यानरमा सिनेमाको छायांकन फागुणको अन्तिम साताबाट सुरु हुनेछ । लकडाउन लगतै नायिका सिवाकोटीले ‘परदेशी २’ र ‘मनसँग मन’को छायांकन सकाएकी थिइन् । भने, ‘लक्का जवान’ लकडाउन पहिले नै प्रदर्शनको लागी तयार थियो । समयमा छायांकन नभएको भन्दै वर्षाले केही हप्ता अघि रमेश बुढाथोकीको निर्देशनमा निर्माण हुने सिनेमा ‘सुदुर’बाट हात झिकेकी थिइन् ।