‘कमेडी च्याम्पियन सिजन २’को औपचारिक घोषणा

‘कमेडी च्याम्पियन सिजन २’को औपचारिक घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – थ्री प्रोडक्सनको प्रस्तुतीमा रियालिटी शो कमेडी ‘च्याम्पियन सिजन २’को औपचारिक घोषणा गरिएको छ । बुधबार राजधानीमा आयोजिक एक कार्यक्रमका बीच ‘कमेडी च्याम्पियन सिजन २’को घोषणा गरिएको हो ।

विशाल भण्डारी निर्देशन रहेको शोको कार्यकारी निर्माता केकी अधिकारी र रिमा विश्वकर्मा हुन् । रिमा यस लोकप्रिय शोको कार्यक्रम सञ्चालीका पनि हुन् । कान्तिपुर एचडीबाट प्रसारण हुने कार्यक्रमको डिजिटल पार्टनर ओएसआर डिजिटल हो ।

‘कमेडी च्याम्पियन सिजन २’का निर्देशक विशाल भण्डारीले पहिलो सिजनको कमी कमजोरीलाई सुधार गर्दै सिजन दुईलाई अझै उत्कृष्ट बनाएर लैजाने बताए । पाँच बर्षसम्मको प्रसारण अधिकार खरिद गरेको कान्तिपुर टेलिभिजनका स्टेसन प्रमुख दिनेश डिसीले ‘कमेडी च्याम्पियन’ जस्तो मौलिक शोको हिस्सा बन्न पाएकोमा गर्व महसुस भएको सुनाए ।

शोको पहिलो सिजनबाटै वरिष्ट हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्माले जजको भुमिका निवार्ह गरिरहेका छन् । फागुणको २१ गते अर्थात मार्च ५ गतेदेखि प्रसारण हुने कार्यक्रम जम्मा ३५ भाग प्रसारण हुनेछन् । शुक्रबार र शनिबार राती ९ देखि १० बजेसम्म प्रसारण हुने कार्यक्रमका बिजेताले २५ लाख नगद र कार उपहार पाउने छन् ।