धरान प्रहरीमा अभिनेता पल शाह विरुद्ध उजुरी दर्ता

धरान प्रहरीमा अभिनेता पल शाह विरुद्ध उजुरी दर्ता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता पल शाह विरुद्ध धरान प्रहरीमा उजुरी परेको छ । चलचित्रकर्मी महासंघ प्रदेश नम्बर एकका अध्यक्ष अरुण प्रधानले पल विरुद्ध उजुरी दर्ता गराएको सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती जारी गर्दै जानकारी दिएका छन् ।

म्युजिक भिडियोको छायांकनको लागी धरान पुगेका पलले धरानको ज्वाई खाना होटलमा खाना खाँदै कार्यक्रमका विषयमा छलफल गर्दा सामान्य विवाद हुँदा ८-१० जनाको टोली नै बोलाएर दुर्व्यवहार र कुटपिट गरेको प्रधानले विज्ञप्तीमा उल्लेख गरेका छन् । उनले अगाडी लेखेका छन्, अभिनेता शाहले लिखित रुपमा माफ नमागे आफु कानुनी प्रक्रिया अनुसार अघि बढ्ने बताएका छन् ।

यता अभिनेता पल शाहले अरुण प्रधानले आफुमाथी दुर्व्यवहार गरेको बताएका छन् । ‘हामी म्यूजिक भिडियो छायांकनका लागि धरानमा छौं । खाना खाने क्रममा अरुणजीले मलाई र मेरा सहयोगी कृष्णप्रसाद जोशीलाई दुर्व्यवहार गर्नुभयो ।’ सोही समयमा कृष्ण र अरुणविच धकेलाधकेल पनि भएको पलले बताएका छन् ।