रामबाबुको ‘कबड्डी ४’को निर्माण घोषणा

रामबाबुको ‘कबड्डी ४’को निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक रामबाबु गुरुङले ‘कबड्डी ४ : द फाइनल म्याच’ को निर्माण घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्टर सार्वजनिक गर्दै सिनेमाको निर्माण घोषणा गरेका हुन् ।

‘कबड्डी ४’ मा पहिलो सिरिज देखि तेस्रो सिरिजसम्मका मुख्य कलाकारहरु दोहोरिने निर्देशक गुरुङले बताए । केहि दिनपछि एक कार्यक्रमको आयोजना गर्दै सिनेमामा समावेश कास्ट एन्ड क्रूको बारेमा जानकारी दिने तयारी निर्माण टिमको छ । ‘कबड्डी ४’ यस सिरिजको अन्तिम श्रृंखला हुनेछ । वैशाखबाट छायांकनमा जाने सिनेमाको हाल स्क्रिप्टमा काम भइरहेको छ ।

बाँसुरी फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमा अर्का वर्ष रिलिज हुनेछ । यसको ३ वटै सिरिज बक्स अफिसमा सुपरहिट भएका थिए । साथै दर्शकले मौलिक सामाजिक कथालाई निकै मन पराएका थिए ।