‘कुकुर हराएको सुचना’ शानदार सिनेमा हुनेछ – प्रदीप भारद्धाज

‘कुकुर हराएको सुचना’ शानदार सिनेमा हुनेछ – प्रदीप भारद्धाज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिमोस सुनुवारको निर्माण तथा निर्देशनमा सिनेमा ‘कुकुर हराएको सुचना’ बन्ने र यस सिनेमामा दीपकराज गिरीको टिम आवद्ध रहने समाचार बाहिरिएको छ । दीपकको टिमले ‘छक्का पन्जा ४’ लाई पर सार्दै यो सिनेमा गर्न लागेको हो । तर, सिनेमाका लेखक प्रदीप भारद्धाजले आफुले कसैलाई पनि स्क्रिप्ट नदिएको बताएका छन् । यो स्क्रिप्टमा काम गर्ने विषयमा मौखिक सहमती चै भएको छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले पारसको स्क्रिप्ट अन्तिम चरणमा छ । अनि ‘कुकुर हराएको सुचना’ फाइनल गर्ने हो । अहिलेसम्म कुकुर हराएको सुचनाको लागि मैले कसैसंग एग्रीमेन्ट गरेको छैन र एक रुपियाँ पनि लिएको छैन । यो स्कृप्ट्मा काम गर्ने विषयमा मौखिक सहमती चै भएको छ । दुबै पक्षको चित्त नबुझी कुनै पनि सिनेमा छायांकनमा जाँदैन, धुर्वसत्य कुरा हो यो । असल मान्छेको लागि मौखिक सहमति लिखित भन्दा बलियो हुन्छ । यो सब्जेक्ट भन्दा अगाडी हामी अर्को एउटा प्रोजेक्ट गर्ने वाला थियौ, तर दुर्भाग्यबस त्यो सब्जेट अघिल्लो बर्षको ओस्कार विजेता कोरियन सिनेमा ‘प्यारासाइट’संग हुबहु मिल्न गएकोले त्यो प्रोजेक्ट हामीले पोस्ट्पन्ड गरेर यो सब्जेक्ट ‘कुकुर हराएको…’ मा लाग्यौ । झ्यानाकुटी पछि अर्को शानदार सिनेमा हुनेछ मेरो तर्फबाट दर्शक हरुको लागि, भने दीपक सरको तर्फ बाट पनि अझ एउटा थप सुन्दर सिनेमा दर्शकका लागि बन्नेछ ।’