स्वस्तिमाले साइन गरिन् दक्षिण भारतीय सिनेमा ‘थिरिमाली’

स्वस्तिमाले साइन गरिन् दक्षिण भारतीय सिनेमा ‘थिरिमाली’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री स्वस्तिमा खड्का दक्षिण भारतीय सिनेमा ‘थिरिमाली’मा अनुबन्धित भएकी छन् । बिहीवार राजधानीको एक होटलमा निर्माण टिमले उनीसँग कागजी सम्झौता गरेको थियो । अहिले सिनेमा निर्देशक र निर्माताको टिम लोकेशन र कलाकार छनोटका लागि नेपालमा छन् ।

स्वस्तिमाले सामाजिक सञ्जालबाट दक्षिण भारतीय सिनेमा ‘थिरिमाली’ साइन गरेको जानकारी दिँदै यसले आफूलाई सिक्न र करिअरलाई अगाडि बढ्न मद्दत गर्ने विश्वास व्यक्त गरेकी छन् । काठमाडौं र मुस्ताङमा छायांकन गरिने सिनेमा नेपाली, हिन्दीसँगै दक्षिण भारतका विभिन्न भाषामा निर्माण हुनेछ । अनन्या फिल्मस्का तर्फबाट सरोज न्यापानेको पनि लगानी रहने ‘थिरिमाली’को छायांकन चैत पहिलो साताबाट सुरु हुँदैछ ।

राजीव सेट्टीले निर्देशन गर्ने सिनेमाको ७० प्रतिशत छायांकन नेपाल र बाँकी ३० प्रतिशत छायांकन भारतमा गरिनेछ । सिनेमामा बिपिन गर्ज, अन्ना राजन, धर्माजन बोलगाटीको मुख्य भूमिका छ । नेपाली टेक्नीसियनको बाहुल्यता रहने दक्षिण भारतीय सिनेमा ‘थिरिमाली’मा निर्देशक तथा अभिनेता माओत्से गुरुङको पनि अभिनय रहनेछ । सिनेमालाई दक्षिण भारतीय कम्पनी एञ्जल मारिया सिनेमाज्ले निर्माण गर्दैछ ।

‘चपली हाइट ३’ प्रदर्शनको पखाईमा रहेकी अभिनेत्री खड्का हाल दिपेन्द्र कुमार खनालको निर्देशनमा निर्माण हुहने सिनेमा ‘चिसो मान्छे’को वर्कसपमा व्यस्त छिन् । यो सिनेमाको छायांकन पश्चात स्वस्तिमा ‘पल्पसा क्याफे’बाट पहिलो पटक रंगमञ्चमा डेव्यु गर्दैछिन् ।