‘दोस्ताना’पछि साउथ सिनेमाको रीमेकमा जोन र अभिषेक

‘दोस्ताना’पछि साउथ सिनेमाको रीमेकमा जोन र अभिषेक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता जोन अब्राहम ‘पठान’को छायांकनमा व्यस्त छन् । यो सिनेमामा उनी शाहरुख खानको अपोजिट भिलेनको भुमिकामा देखिदैछन् । ‘पठान‘को छायांकन सकिएपछि जोन साउथ सिनेमा ‘अय्यपनम कोशियम’को रीमेकमा व्यस्त हुनेछ ।

यस सिनेमामा जोनसँगै अभिषेक बच्चनको पनि अभिनय रहने छ । उनीहरुले यसअगाडी ‘दोस्ताना’मा एक साथ काम गरेका थिए । सिनेमाको लागि जोन निकै उत्साहित छन् ।

जोन बाइक रेसिङमा आधारित सिनेमा ‘अट्याक, सत्यमेव जयते २ र एक भिलेन २’ मा देखिदैछन् । यी सबै एक्सन इन्टरटेनमेन्ट सिनेमा हो । त्यस्तै, अभिषेक ‘दसवीं’को छायांकनमा व्यस्त छन् । उनको ‘बिग बुल’ ओटीटीमा रिलिज हुँदैछ । उनी शाहरुख खानको प्रोडक्शनमा बनेको सिनेमा ‘बम्बे विश्वास’मा पनि देखिदैछन् ।

-एजेन्सी