‘तडप’बाट सुनिल शेट्टीको छोरा अहानको डेब्यू, टिजरमा ‘साइना’ र ‘धमाका’

‘तडप’बाट सुनिल शेट्टीको छोरा अहानको डेब्यू, टिजरमा ‘साइना’ र ‘धमाका’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भारतकी ब्याटमिन्टन खेलाडी साइना नेहवालको बायोपिक सिनेमा ‘साइना’ २६ मार्च २०२१ मा प्रदर्शन हुँदैछ । निर्माण टिमले एक भिडियो र एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन् ।

अमोल गुप्ते निर्देशित सिनेमामा परिणीति चोपडा र मानव कौलको मुख्य भुमिका छ । साइनाको भुमिका परिणीति चोपडा निर्वाह गर्दैछिन् । सिनेमामा भुषण कुमार, कृष्ण कुमार, सुजय जैराज र रसेश शाहको लगानी रहेको छ ।

‘तडप’बाट सुनिल शेट्टीको छोरा अहानको डेब्यू
बलिउड सिनेमा ‘तडप’बाट सुनिल शेट्टीको छोरा अहान शेट्टी डेब्यू गर्दैछन् । साउथ सिनेमा ‘आरएक्स १००’को हिन्दी रीमेक सिनेमामा अहानसँगै तारा सुतारिया देखिदैछिन् ।

मिलन लूथरिया निर्देशित सिनेमामा अहान र तारासँगै सौरभ शुक्ला, कुमुद मिश्रा र सुमित गुलाटीको अभिनय रहने छ । साजिद नाडियाडवालाको नाडियाडवाला ग्यान्डसन इन्टरटेनमेन्ट प्रोडक्सनबाट निर्माण हुन लागेको सिनेमा २४ सेप्टेम्बर २०२१ मा रिलिज हुनेछ ।

कार्तिकको ‘धमाका’को टिजर सार्वजनिक
बलिउड अभिनेता कार्तिक आर्यन अभिनित सिनेमा ‘धमाका’को टिजर सार्वजनिक भएको छ ।

राम माधवानीले निर्देशन गरेको सिनेमामा कार्तिकको मुख्य भुमिका छ । यो सिनेमा नेटफ्लिक्समा रिलिज हुनेछ ।