सिनेमा पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ

सिनेमा पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – इन्टरनेटमा नेपाली सिनेमा पाइरेसी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । मंगलबार चलचित्र विकास बोर्डमा आयोजित पत्रकार सम्मेलन मार्फत लमजुङको बेशीसहरका सुजन परियारलाई सार्वजनिक गरियो ।

‘डमरुको डन्डीबियो’ र ‘सरौतो’ लगायतका सिनेमा इन्टरनेटमा पाइरेसी गरेको आरोप लागेका २५ बर्षे युवकलाई प्रहरीले केहीदिन पहिले पक्राउ गरेको थियो । परियारले ‘सिनेमा घर गोल्ड’ एपबाट अनाधिकृतरुपमा सिनेमा पाइरेसी गरेर टेलिग्राम एपमा अपलोड गरेको जनाइएको छ ।

अभिनेता खगेन्द्र लामिछाने र सागर खरेलको टिमले सिनेमा घर गोल्ड केही समय पहिले संचालनमा ल्याएको थियो । एप संचालक खरेलले कानुन बमोजिम कार्वाही हुने ढंगले परियारविरुद्ध मुद्दा चलाइने बताए । अभिनेता लामिछानेले पाइरेसीका कारण सिनेमा उद्योग मारमा परेको बताउँदै पशुपतिप्रसाद पाइरेसीको पीडा अहिलेसम्म भोगिरहेको सम्भिए ।

पत्रकार सम्मेलनमा अभियुक्तलाई उपस्थित नगराई प्रहरीका प्रतिनिधिले तस्विर र जानकारी मात्रै सार्वजनिक गरेका थिए । परियारलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरि टेकुस्थित महानगरीय प्रहरी परिसरमा राखेको छ । परियारविरुद्ध इन्टरनेटमा अनाधिकृतरुपमा सिनेमा पाइरेसी गरेको आरोप लगाइएको छ ।