द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र पत्रकार संघ, नेपालको सुनसरी शाखा गठन भएको छ । बुधबार हार्ट एफएम धरानका कार्यक्रम संयोजक विनोद विश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय समिती गठन गरिएको हो ।
बुधबार गठन भएको कार्य समितीको उपाध्यक्षमा मनोज दाहाल, सचिवमा सुमन भट्टराई, सह–सचिवमा शरु थापामगर, कोषाध्यक्षमा सविन बान्तवा चयन भएका छन् । यस्तै, सदस्यहरुमा नरेन कुलुङ, रविन राउत, आर.बी कट्वाल, राजकुमार खाती, प्रशान्त पुरी, सुप्रिया राई छन् ।
चलचित्र पत्रकार संघ, नेपालको सुनसरी सहित ९ शाखा पुगेको छ । यसै साता संघको थप पाँच शाखा गठन हुनेछ । संघको पर्सा शाखाको आज कार्यसमिती चयन हुँदैछ ।
प्रतिक्रिया