‘आँधि तुफान २’को औपचारिक निर्माण घोषणा

‘आँधि तुफान २’को औपचारिक निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मौनता श्रेष्ठ प्रस्तुतकर्ता रहेको सिनेमा ‘आँधि तुफान २’को औपचारिक निर्माण घोषणा गरिएको छ । बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको निर्माण घोषणा गरिएको हो ।

नारी प्रधान सस्पेन्स थ्रिलर कथामा निर्माण हुने सिनेमामा नयाा तथा पुराना कलाकारको समिश्रण रहेको छ । मदन घिमिरेको निर्देशन रहने सिनेमालाई रामशरण उप्रतीले छायांकन गर्नेछन् । यही सिनेमाबाट आरती आचार्य, पुनम गौतम र याङ्शु श्रेष्ठले डेब्यु गर्दैछन् ।

सिनेमामा आरती, याङ्शु र पुनमका अलवा मुकुन्द थापा, धुव्र कोइराला, कनिज कोइराला, सञ्जय खतिवडा, पुस्कर रावत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, सान अधिकारी, सोनी बीसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, विन्दिया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कादीराजको अभिनय रहनेछ ।

प्रेम चुल्ठे द्धन्द्व निर्देशशक रहेको सिनेमामा सुरेश अधिकारीको संगीत, कमल राईको कोरियोग्राफी, हरि उप्रेती र दिनेश सुवेदीको गीत रचना र रानी शाकयको स्वर छ । चैत्रको दोस्रो साताबाट फ्लोरमा जाने सिनेमा एक दशक अघिको महेन्द्र बुढाथोकी निर्देशित सुपरहिट सिनेमा ‘आँधि तुफान’को सिक्वेक हो ।

सिनेमाको कथा स्वयंम निर्माता श्रेष्ठले लेखेका हुन् । ‘एक पात्रको हत्याको अनुसन्धानमा परिचालित तीन युवतीको कथा सिनेमाले भन्नेछ । मैले एक्सन र पारिवारिक दुवै प्रकारका सफल सिनेमा बनाएको छु । यसपटक एक्सनलाई प्राथमिकता दिएर उत्कृष्ट सिनेमा बनाउने प्रयास गर्नेछु,’ निर्देशक घिमिरेले भने ।

सिनेमालाई निर्माता संघका महासचिव रोज राणा, एफडी कम्पनीका अध्यक्ष सुशील पोखरेल, वितरक गोपाल कायस्थले शुभकामना दिएका थिए ।