चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन

चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र पत्रकार संघ, नेपालको पर्सा शाखा गठन भएको छ । निलिमा पौडेलको अध्यक्षतामा ११ सदस्य कार्यसमिति गठन गरिएको हो ।

बिहिबार गठन भएको कार्य समितिको उपाध्यक्षमा विवेक पौडेल, सचिवमा सूर्यनारायण विक,सह–सचिवमा प्रणय शाह, कोषाध्यक्षमा समिना रञ्जितकार चयन भएका छन् । यस्तै, सदस्यहरुमा सोनम गौतम, रश्मिराज भण्डारी, शम्भु कुमार सुमन, जय यादव, रन्जित यादव छन् । चलचित्र पत्रकार संघ नेपालको केन्द्रबाट महासचिव समिर बलामीको उपस्थितिमा संघको शाखा गठन गरिएको हो ।

चलचित्र पत्रकार संघ, नेपालको पर्सा सहित १० शाखा पुगेको छ । यसै साता संघको थप पाँच शाखा गठन हुनेछ ।