लभस्टोरी सिनेमा ‘प्रेमगन्ज’को लागि कलाकारको खोजी ?

लभस्टोरी सिनेमा ‘प्रेमगन्ज’को लागि कलाकारको खोजी ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – राजु फुयालले निर्माण गर्ने सिनेमा ‘प्रेमगन्ज’ले अडिसन मार्फत कलाकार खोज्ने भएको छ । निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै मुख्य भूमिकामा अभिनय गर्ने तीन जना कलाकारका लागि अडिसन गर्ने जनाएको हो । सिनेमालाई परिच्छेद सेनले निर्देशन गर्दैछन् ।

चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको सिनेमाका लागि एक जना मुख्य अभिनेता र दुई जना मुख्य अभिनेत्रीसहित अन्य चरित्र अभिनेता तथा अभिनेत्रीका लागि अडिसन आह्वान गरिएको निर्माण टिमले जानकारी दिएको छ ।

कान्तिपुर फिल्म एकेडेमी थापागाँउमा यही फागुन २७ गते बिहीवार अडिसन हुनेछ । सिनेमामा २० वर्षको दुई जना अभिनेत्री र सोही उमेरका अभिनेताका अडिसन मार्फत अवसर दिने जानकारी निर्माण टिमले गराएको छ ।

वैशाखदेखि सिनेमाको सुटिङ सुरु गर्ने योजना रहेको निर्देशक परिच्छेद सेनले बताए । सेनले सिनेमा प्रेमकथामा आधारित हुनेछ । उनले निर्देशन गरेको सिनेमा ‘म’ प्रदर्शनको तयारीमा छ ।