शुक्रबारबाट हलमा रविन्द्र र अर्जुनको ‘गोर्खे’ रिलिज

शुक्रबारबाट हलमा रविन्द्र र अर्जुनको ‘गोर्खे’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा हल सञ्चालन भएसँगै शिव श्रेष्ठको लगानीमा निर्माण भएको नेपाली सिनेमा ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज भयो । यस सिनेमाले बक्सअफिसमा दर्शकबाट राम्रो प्रतिक्रिया पाउन नसक्दा असफल भयो । जसको असर प्रदर्शनको तयारीमा रहेका अन्य सिनेमामा पर्यो ।

यो सिनेमा रिलिज भएको लामो समय पश्चात आज शुक्रबारबाट सिनेमा हलमा ‘गोर्खे’ रिलिज भएको छ । किम्मत गौतमको निर्देशन रहेको सिनेमा हरि लामाको प्रस्तुतीमा निर्माण भएको हो । सिनेमामा रविन्द्र प्रताप सेन, अर्जुन गुरुङ, एञ्जल श्रेष्ठ, अञ्जली अधिकारी, अश्मी श्रेष्ठ, साजन तामाङ, सरोज तमाङ र बलदीप राईको अभिनय रहेको छ ।

लामो समय हलमा कुनैपनि नेपाली सिनेमा हलमा रिलिज नभएका कारण दर्शकलाई केही हदसम्म फर्काउने प्रयास स्वरुप आफुले रिस्क लिएको वितरक करण श्रेष्ठ क्रेजीले बताए । कागी लिम्बुले लेखेको सिनेमाले लाहुरे बन्न गर्ने संर्घषको कथालाई उठान गरिएको छ ।