निर्देशक अनुराग र तापसी माथि ६५० करोड कर छलिको आरोप

निर्देशक अनुराग र तापसी माथि ६५० करोड कर छलिको आरोप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भारत आयकर विभागले बलिउड निर्देशक अनुराग कश्यप र अभिनेत्री तापसी पुन्नको घरमा छापा मारेको छ । विभागले बुधबार अनुरागको प्रोडक्सन हाउस ‘फ्यान्टम फिल्मस्’को सेयरहोल्डर्सको घरमा छापा मारेको हो ।

विभागको अनुसार अनुरागको प्रोडक्सन हाउसको सेयरहोल्डर्स माथी ६५० करोड कर छलिको आरोप छ । भातीय मिडिया अनुसार, तापसीले ५ करोड रुपैयाँ कर छलेको स्वीकार गरेकी छन् । ३ मार्चमा तापसीको बयान लिइएको थियो । विभागको अधिकारीलाई निर्देशक कश्यप र अभिनेत्री तापसी सहित अरु सेयरहोल्डर्सले मोबाइलबाट डाटा डिलेट गरेको आशंका छ । डिलेट गरिएको डाटा रिकभरीको लागि एक्सपट्र्सको सहयोग लिइएको छ ।

बुधबारदेखि शुरु भएको छापामा निर्देशक अनुराग र अभिनेत्री तापसी बाहेक कैयौं सिनेमा निर्माता कम्पनीहरुको कार्यालयमा पनि छापा मारिएको छ । जसमा रिलायन्स इन्टरटेनमेन्ट ग्रुप, एक्सिड कम्पनी, क्वान जस्ता कम्पनीका कार्यालयहरुमा छापा मारिएको बताइएको छ । हालसम्म मुम्बई र पुणेमा ३० स्थानमा छापा मारिएको छ ।

निर्देशक अनुराग र तापसी आगामी सिनेमा ‘दोबारा’को पुणेमा सुटिङ गरिरहेका छन् ।

-एजेन्सी