विकास बोर्ड र सेन्सर बोर्डमा सदस्य नियुक्त

विकास बोर्ड र सेन्सर बोर्डमा सदस्य नियुक्त

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं –  संचार, सूचना तथा प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्ड र चलचित्र सेन्सर बोर्डमा सदस्य नियुक्त गरेको छ ।  सरकारले रिक्त रहेको चलचित्र विकास बोर्ड सदस्यमा अर्जुन कुमार डंगोल, प्रकाश भट्टराई र राज कटुवाललाई नियुक्त गरेको छ । त्यसैगरि रिक्त रहेको सेन्सर बोर्ड सदस्यमा राजेश महर्जन, सन्तोषकुमार थापा र मिनाक्षी कोइरालालाई नियुक्त गरेको छ । नियुक्त भएका पाँचै जना सदस्यहरुको कार्यकाल २ बर्षको हुनेछ ।

बोर्डमा नियुक्त भएका अर्जुनकुमार गायक तथा निर्माता हुन् । प्रकाश भट्टराई सिनेमा निर्देशक हुन् ।  त्यसैगरि राज कटुवाल अभिनेता हुन् ।  सेन्सर बोर्ड सदस्य सन्तोष रंग पत्रकारितामा  सक्रिय छन् ।  संचार मन्त्रालयमा आयोजित समारोहमा नियुक्त सदस्यहरुलाई प्रमाणपत्र दिँदै संचारमन्त्री पार्वत गुरुङले विकृति र विसंगति रहित सिनेमा क्षेत्र बनाउन भूमिका खेल्न आग्रह गरे । उक्त समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको  उपस्थित रहेको  थियो ।