चलचित्र पत्रकार संघ नेपाल हेटौंडा शाखाको साधारण सभा सम्पन्न

चलचित्र पत्रकार संघ नेपाल हेटौंडा शाखाको साधारण सभा सम्पन्न

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र पत्रकार संघ नेपालको मकवानपुर शाखाको १२ औं साधारण सभा सम्पन्न भएको छ । शनिबार हेटौंडामा आयोजित एक कार्यक्रमका बीच शाखाले साधारण सभा सम्पन्न गरेको हो । साधारण सभामा चलचित्र पत्रकार संघ नेपालका संगठन उपाध्यक्ष कुवेर डंगोलको पनि सहभागीता रहेको थियो ।

चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका अध्यक्ष मणिराज गौतम सभापती रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ महासचिव रमेश बिष्टको प्रमुख आतिथी थिए । कार्यत्रममा बोल्दै महासंघ केन्द्रीय महासचिव बिष्टले मुलुकमा पूर्णप्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कायम रहनुपर्ने बताए ।

साधारणसभामा संघका संस्थापक कार्यसमिति अध्यक्ष कुमार अधिकारी, उपाध्यक्ष सुनिता शर्मा लुईटेल, कोषाध्यक्ष सुधिरभद्र श्रेष्ठ, सहसचिव बालकृष्ण अधिकारी, सदस्यहरुमा रामशरण दुलाल, सुजन विडारी, कपिल खड्का, श्रद्धा ढुङ्गानालाई कदरपत्रले सम्मान गरिएको थियो । सभामा संघका सचिव श्रीराम अर्जुनले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सभामा मकवानपुरका चलचित्र निर्देशकद्धय गोबिन्द गौतम, रमेश राई, कलाकार अमिर गौतम, ध्रुव न्यौपाने, नाट्यकर्मी उज्वल शर्मा भण्डारी, मकवानपुर उद्योग वाणिज्य संघका सचिव काव्यमणि अधिकारी, पत्रकार महासंघका पूर्व अध्यक्ष भानुभक्त आचार्यका साथै मकवानपुरमा कार्यरत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।