भदौ १८ मा अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’

भदौ १८ मा अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता अनमोल केसी र सुहाना थापा अभिनित सिनेमा ए मेरो हजुर ४ भदौ १८ गतेबाट प्रदर्शनमा आउने भएको छ । सिनेमा निर्माण टिमले सोमबार एक पोस्टर सार्वजनिक गर्दै सिनेमाको प्रदर्शन मिति घोषणा गरेको छ ।

झरना थापाको निर्देशनमा निर्माण भएको सिनेमामा सुनिल कुमार थापाको लगानी छ । सुनिल कुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा अनमोल र सुहानाले दोस्रो पटक जोडी बाँधेका छन् । ‘ए मेरो हजुर ३’मा यस जोडीलाई अत्याधिक रुचाइएको थियो ।

सिनेमामा निर्देशक झरना थापा र छेतेन गुरुङको कथा, मन्दिप गौतम, प्रतिक पौडेल, उपकार पाण्डे र माधव शर्माले निर्देशक थापा र गुरुङलाई पटकथा तथा संवाद लेखनमा सहयोग गरेका छन् । ‘ए मेरो हजुर ४’मा बसन्त सापकोटा, आशिष अविरल, प्रतिक पौडेल कल्याण सिंहको संगीत, संजय लामाको डिओपी, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व निर्देशन र मित्र डि गुरुङको सम्पादन रहनेछ ।

सिनेमाको तेस्रो चरणको छायांकन फागुन २७ गतेबाट सुरु हुँदैछ । निर्माण टिमका अनुसार ‘ए मेरो हजुर ४’को केही सिन र गीतको छायांकन मात्र बाँकी छ । कोरोना महामारीका कारण रोकिएको सिनेमाको कार्तिक १ गतेबाट पुनः छायांकन थालिएको थियो ।