२९ औं जन्मदिन मनाउँदै प्रदीप

२९ औं जन्मदिन मनाउँदै प्रदीप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता प्रदीप खड्का आज फागुन २६ गते जन्मदिन मनाउँदैछन् । उनी आजबाट २९ वर्षमा प्रवेश गरेका छन् ।

अभिनेता खड्काले ‘स्केप’बाट अभिनय यात्रा सुरु गरेका थिए । तर, उनको पहिलो सिनेमा फ्लप भयो । त्यस्तै, उनले ‘ठूलो मान्छे’मा लगानी गरे । उनलाई यो सिनेमाले पनि राहत दिएन । दुवै सिनेमा फ्लप भएपछि उनी निराश भएर अष्ट्रेलिया जाने तयारीमा थिए । त्यहि बेला उनलाई ‘प्रेमगीत’को अफर आयो । यो सिनेमा बक्स अफिसमा हिट हुनुको साथै उनीअभिनयबाट पनि तारिफ बटुल्न सफल भए ।

त्यसपछि अभिनेता प्रदीपको हात खाली भएको छैन । अहिले उनलाई सिनेमा खेलाउन निर्माताहरु महंगो पारिश्रमिक दिने गर्दछन् । उनले ‘प्रेमगीत, प्रेमगीत २, लिलिबिली, रोज, लभ स्टेशन’ लगायतका सिनेमामा काम गरिसकेका छन् । उनी अभिनित सिनेमा ‘प्रेमगीत ३’ प्रदर्शनको लागि तयार छ भने ‘प्रकाश’ छायांकनको तयारीमा छ ।

अभिनेता प्रदीप खड्कालाई जन्मदिनको शुभकामना !!!