अमिताभ र इमरानको ‘चेहरे’ प्रिपोण्ड, अब ९ अप्रिलमा रिलिज हुने

अमिताभ र इमरानको ‘चेहरे’ प्रिपोण्ड, अब ९ अप्रिलमा रिलिज हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अमिताभ बच्चन, इमरान हासमी र रिया चक्रावर्ती अभिनीत सिनेमा ‘चेहरे’को रिलिज मिति प्रिपोन्ड भएको छ । आउँदो अप्रिल ३० तारिखमा रिलिज गर्ने भनिएको सिनेमा अब अप्रिल ९ मै रिलिज हुने भएको छ ।

बिहीबार बिहान सिनेमकाको टिजरसहित अमिताभले ट्विटरमार्फत चेहरे रिलिजको नयाँ मिति सार्वजनिक गरेका हुन् । बक्स अफिसमा सिंगल रिलिज हो भनेरै ‘चेहरे’ निर्माण टिमले रिलिज मिति अगाडि सारेको बलिउड मिडिया उल्लेख गरेका छन् ।

यस सिनेमामा अमिताभ र इमरान पहिलो पटक एकसाथ पर्दामा देखिए छन् । सिनेमालाई रुमी जाफ्र्रीले निर्देशन गरेका हुन् ।