रंग पत्रकार बाबु सुरेश डिसीको सहयोगार्थ ‘कालो पोथी’ च्यारेटी

रंग पत्रकार बाबु सुरेश डिसीको सहयोगार्थ ‘कालो पोथी’ च्यारेटी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र पत्रकार संघ नेपालको आयोजनामा बुधबार दुर्घटनामा परेर घाइते भएका रंग पत्रकार बाबु सुरेश डिसीको सहयोगार्थ ‘कालो पोथी’ च्यारेटी शो गरियो । काठमाण्डौको सिभिल मलमा रहेको क्यूएफएक्स हलमा च्यारेटी शोको आयोजना गरिएको हो ।

च्यारेटीबाट संकलन भएको ५ लाख ५८ हजार रकम चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाले संयुक्त रुपमा बाबु सुरेशको परिवारलाई हस्तान्तरण गरेका थिए ।

बाबु सुरेशको सहयोगको लागि सिनेमा उपलब्ध गराएको निर्देशक मिन बहादुर भाम र हल तथा सर्भर चार्जमा सहुलियत दिएको क्युएफएक्स सिनेमाज् र डिसिएनमा कदर-पत्र सहित सम्मान गरिएको च्यारेटी शोकी संयोजक दिपज्योती थापाले बताइन् ।