‘रुही’लाई कमजोर समीक्षा

‘रुही’लाई कमजोर समीक्षा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बिहिबारदेखि बलिउड हरर सिनेमा ‘रुही’ प्रदर्शनमा आएको छ । बलिउड समीक्षकहरुले सिनेमाको कथा, पटकथा र संवाद निकै कमजोर रहेको उल्लेख गरेका छन् ।

हार्दिक मेहताले निर्देशनमा तारिफ बटुलेका छन् । साथै राजकुमार, जाहन्वी र वरुणको अभिनय राम्रो रहेको बताइएको छ । यो सिनेमा ‘स्त्री’को टिमले निर्माण गरेका हुन् । ‘स्त्री’मा रहस्यमय केटीको पत्ता नलागी सकिन्छ । भने ‘रुही’मा एक नोटमा समाप्त हुन्छ । तर, रुहीले स्त्रीको जस्तो प्रभाव पार्दैन । समीक्षकले १–२ हाराहारीमा रेटिङ दिदै सिनेमामा भ्रामिक दृश्य र संवाद बुझ्न गाह्रो भएको बताएका छन् ।

सिनेमामा राजकुमार राव, जाहन्वी कपूर र वरुण शर्माको अभिनय छ । यो सिनेमाले बिहिबार भारतमा ३.६ करोडको व्यापार गरेको छ ।