अक्षयको ‘रामसेतु’को छायांकन सुरु

अक्षयको ‘रामसेतु’को छायांकन सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता अक्षय कुमार अभिनित सिनेमा ‘रामसेतु’को छायांकन सुरु भएको छ । सिनेमाको छायांकन सुरु भएसँगै अक्षयले आफ्नो लुक्स सार्वजनिक गरेका छन् ।

अक्षयले आफ्नो लुक्स सार्वजनिक गर्दै लेखेका छन्, ‘मेरो लागि खास सिनेमाबाट एक बनाउने यात्रा आज देखि सुरु भएको छ । रामसेतुको छायांकन सुरु । म सिनेमामा एक आर्कियोलोजिस्टको भुमिका निभाउँदैछु ।’ सार्वजनिक तस्बिरमा उनले लामो कपाल पालेका छन् ।

अभिषेक शर्माको निर्देशनमा बन्ने सिनेमामा अक्षयसँगै अभिनेत्री ज्याक्लिन फर्नान्डिज र नुशरत भरुचाको पनि मुख्य भूमिका रहनेछ । यो सिनेमालाई चन्द्रप्रकाश द्विवेदीले निर्माण गर्नेछन् ।