सानिया मिर्जाको बायोपिक गर्दै तापसी

सानिया मिर्जाको बायोपिक गर्दै तापसी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री तापसी पन्नु पूर्व क्रिकेटर मिताली राजको बायोपिक सिनेमा ‘शाबाश मिट्ठू’मा काम गर्दैछिन् । हालै तापसीलाई टेनिस खेलाडी सानिया मिर्जाको बायोपिक सिनेमा अफर भएको छ ।

रोनी स्क्रूवालाले सानिया मिर्जाको बायोपिक सिनेमाको राइट्स लिएका छन् । पहिला यो सिनेमामा परिणीति चोपडा रहने चर्चा थियो । तर, परिणीतिले साइना नेहवालको बायोपिक सिनेमा ‘साइना’मा काम गरेपछि उनीलाई सानिया बनाउने मुडमा मेकर्स नरहेको भारतीय मिडियामा उल्लेख छ ।

तापसीलाई सिनेमाको स्क्रिप्ट मन परेको बताइएको छ । तापसीको ‘दोबारा रश्मी रकेट, हसिन दिलरुवा’ रिलिजको पर्खाइमा छ ।