किरण खेरलाई ब्लड क्यान्सर

किरण खेरलाई ब्लड क्यान्सर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री तथा सांसद किरण खेरलाई मल्टीपल मायलोमा ब्लड क्यान्सर भएको छ । हाल उनी मुम्बईमा उपाचार गराइरहेकी छन् । उनको पति अनुपम खेरले ट्विटर मार्फत उनलाई ब्लड क्यान्सर भएको जानकारी दिएका हुन् ।

अनुपमले लेखेका छन्, ‘कुनै अफवाह नफैलियोस् भनेर म यो लेख्दैछु… किरण मल्टीपल मायलोमा, एक प्रकारको ब्लड क्यान्सरबाट पिडित भएकी छन् । अहिले उनको उपचार भइरहेको छ । हामीलाई पुरा विश्वास छ, उनी पहिलाको भन्दा बढि तगडा भएर बाहिर आउने छिन् । हामी निकै भाग्यमानी छौं किनकी किरणको देखरेख निकै राम्रो डाक्टरको टिमले गरिरहेका छन् । उनी जे गर्छिन् दिलबाट गर्छिन् । उनको दिलमा सधैं माया हुन्छ, त्यसैले उनलाई पनि सबैले माया गर्छन् । तपाईहरु मायाले किरणको लागि प्राथना गर्नुस् । उनी हाल ठिक छिन् र रिकवर गर्दैछिन् । म तपाईहरुको माया र सपोर्टको लागि आभारी छु ।’

किरणलाई १ वर्ष पहिला नै क्यान्सर देखिएको थियो । पछिल्लो समय उनी ‘इन्डिया गट ट्यालेन्ट’को जजको रुपमा देखिदै आएकी छन् ।

-एजेन्सी