अजयको जन्मदिनमा ‘आरआरआर’को पोस्टर

अजयको जन्मदिनमा ‘आरआरआर’को पोस्टर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अजय देवगनको जन्मदिनको अवसर पारेर सिनेमा ‘आरआरआर’को मोसन पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा लडाकु अवतारमा देखिएका छन् ।

यहि सिनेमाबाट बलिउड अभिनेता अजय तेलुगूमा डेब्यू गर्दैछन् । एस.एस. राजामौलीले निर्देशन गरेको सिनेमामा अजयसँगै जूनियर एनटीआर, राम चरण र आलिया भट्टको अभिनय छ । यो सिनेमा अक्टोबर १३ अर्थात असोज २७ गते देखि प्रदर्शन हुँदैछ ।

अमिताभ र रश्मिकाको ‘गुड बाइ’को छायांकन सुरु
बलिउड अभिनेता अमिताभ बच्चन र रश्मिका मन्दनाको अभिनय रहने सिनेमा ‘गुड बाइ’को शुभ मुहुर्त गर्दै छायांकन सुरु गरिएको छ । विकास बहालले निर्देशन गर्न लागेको सिनेमामा बालाजी टेलिफिल्मस् र रिलायन्स इन्टरटेनमेन्टको लगानी रहेको छ ।