बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना पोजेटिभ

बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना पोजेटिभ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । हाल अक्षय अयोध्यामा नयाँ सिनेमा ‘रामसेतु’को छायांकन गरिरहेका थिए । उनलाई कोरोना संक्रमण पुष्टी भएको सिनेमाको छायांकन रोकिएको छ ।

‘रामसेतु’मा अक्षय ज्याकलिन फर्नान्डिज र नुसरत भुरुचासँग स्क्रिन सेयर गर्दैछन् । अभिषेक शर्माको निर्देशन रहने सिनेमामा चन्द्रप्रकाश द्धिवेदीको लगानी रहनेछ । यही सिनेमाबाट एमाजोन प्राइमले पहिलो पटक बलिउड सिनेमामा सह निर्माताको रुपमा लगानी गर्दैछ ।

‘रामसेतु’को छायांकनमा व्यस्त अक्षयले कोरोना महामारीका बीच ‘बेलबटम’, ‘पृथ्वीराज’, ‘बच्चन पाण्डे’, ‘अतरंगी रे’ लगायतको सिनेमाको छायांकन सकाएका छन् । ‘रामसेतु’पछि उनी आनन्द एल रायको सिनेमा ‘रक्षाबंधन’मा व्यस्त हुनेछन् ।