बकवास अभिनय भन्नेलाई अभिषेकको यस्तो जवाफ

बकवास अभिनय भन्नेलाई अभिषेकको यस्तो जवाफ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता अभिषेक बच्चन ट्रोलको शिकार भइरहन्छन् । खासगरी उनी अभिनय र करियरलाई लिएर ट्रोल हुन्छन् ।

उनी अभिनित सिनेमा ‘द बिग बुल’ अप्रिल ८ देखि डिज्नी प्लस हटस्टारमा रिलिज भएको छ । समीक्षकहरुले सिनेमालाई सकारात्मक प्रतिक्रिया दिएका छन् । तर, हालै एक युजरले उनको अभिनय क्षमतालाई कटाक्ष गरेका छन् । ‘सधैं जस्तो अभिषेक बच्चन बकवास देखिएका छन् । सिनेमा ‘द बिग बुल’मा आफ्नो सो कल्ड तेस्रो श्रेणीको अभिनयबाट तपाईलाई निराश गर्दैन् । प्रतिक गान्धीको ‘स्कैम १९९२’ यो भन्दा कहि गुना राम्रो छ’ उनले लेखेका छन् ।

अभिनेता बच्चनले युजरलाई धन्यवाद दिदै लेखेका छन्, ‘अरे साथी मेलै तिमीलाई निराश नगरेकोमा खुशी छु । हाम्रो सिनेमा हेर्नको लागि समय निकालेकोमा धेरै धेरै धन्यवाद ।’

कूकी गुलाटीले निर्देशन गरेको सिनेमामा अजय देवगनको लगानी छ । शेयर मार्केटको कथामा तयार भएको सिनेमामा अभिषेकसँगै इलियाना डिक्रूज, निकिता दत्ता र सोहम शाहको मुख्य भुमिका रहेको छ ।

-एजेन्सी