‘लाल मोहन जी’मा विपिन र अर्पण अनुबन्धित

‘लाल मोहन जी’मा विपिन र अर्पण अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सम्राट बस्नेतको निर्देशनमा सिनेमा ‘लाल मोहन जी’को निर्माण घोषणा गरिएको छ । सिनेमामा अभिनेता विपिन कार्की र अर्पण थापा मुख्य भूमिकामा देखिनेछन् ।

सिनेमामा विपिन र अर्पणसंगै कार्म शाक्य, रोहित रुम्बा, रविन्द्र झा, सुष्मा कार्की, सुभाष मेचेलगायत कलाकारहरुको अभिनय रहनेछ । सिनेमाको लागि एक अभिनेत्री छनौट गर्न बाँकी रहेको निर्माण पक्षले बताएको छ ।

प्रवेश पौडेलको कथामा बन्न लागेको सिनेमाको पटकथा–संवाद आकाश बरालले तयार गरेका हुन् । सिनेमामा सन्तोष राजको संगीत, राजु तामाङको एक्सन, कविराज गहतराजको नृत्य निर्देशन रहनेछ । निरज कँडेलले खिच्ने सिनेमालाई अर्जुन जीसीले सम्पादन गर्नेछन् ।

‘आर रोसफी फिल्मस्’को ब्यानरमा बन्ने सिनेमाका निर्माता सुगन तण्डुकार हुन् । जेठको पहिलो साताबाट छायांकनमा जाने सिनेमालाई नेपाल, भारत, क्यानडा र अस्ट्रेलियामा खिचिनेछ ।