असोज १ गतेबाट ऋषिको ‘चुरीफुरी’ प्रदर्शन हुने

असोज १ गतेबाट ऋषिको ‘चुरीफुरी’ प्रदर्शन हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ऋषिराज आचार्यले निर्देशन गरेको सिनेमा ‘चुरीफुरी’ आगामी वर्षको असोज १ गते प्रदर्शन हुने भएको छ । निर्देशक आचार्यले शनिबार सामाजिक सञ्जालमा सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषण गरेका हुन् ।

पोस्टरमा सिनेमाको मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ । निर्देशक आचार्यकै लेखन तथा निर्माण रहेको सिनेमामा रविन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, सुनीता श्रेष्ठ, ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, सरिस्मा मगर, मनिल तामाङ, रश्मी आचार्यलगायतका कलाकारले अभिनय गरेका छन् । यहि सिनेमाबाट अभिषेक श्रेष्ठ, पूजा पन्त, सोना बज्राचार्य र रिन्जिन गरुङ डेब्यू गर्दैछन् ।

आरबि मुभीजको ब्यानरमा निर्देशक आचार्य स्वयम् र रिना ढकाल निर्माता रहेको सिनेमाको सह–निर्मातामा बिमला भुसाल, राजेन्द्र खाती र शिव थापा छन् । समसामयिक हास्य कथामा निर्माण गरिएको सिनेमामा राहुल राईको छायांकन, भिमफेदी गाइजको कोरियोग्राफी, बिजय आचार्यको कला निर्देशन र दीपक शर्माको संगीत रहेको सिनेमाका गीतमा समीर आचार्य, विश्व नेपाली र बेनिशा पौडेलको स्वर छ ।