‘दुष्प्रयास’को रिलिज मिति र फर्स्टलुक पोस्टर रिलिज

‘दुष्प्रयास’को रिलिज मिति र फर्स्टलुक पोस्टर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – लकडाउन पश्चात छायांकन भएको सिनेमा ‘दुष्प्रयास’को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच आगामी असार २५ लाई सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको हो । सिनेमाले महिला हिंसा, हत्या, अपहरणलगायतका समाजमा घटिरहेका आपराधिक गतिविधिविरुद्ध आवाज उठाइएको छ ।

रिता देवी मुभिजद्वारा निर्माण गरिएको सिनेमाको फस्टलुक पोस्टर पनि सार्वजनिक गरिएको हो । फस्टलुकको नेकपा माओवादी स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री देव गुरुङले अनावरण गरे । कार्यक्रममा सिनेमाका कथाकार तथा निर्देशक दिनेश लिङ्देनले कोभिड महामारीको अवस्थामा पनि आफूले जोखिम मोलेरै सिनेमा रिलिज गर्ने बताए ।

सिनेमामा निशा पोमु लिम्बू, सोम लामा, प्रिजन श्रेष्ठ, सुस्मिता कार्की, अजय खडका, कल्याण राई, निरु महत, देविका खड्का, प्रदिप योङहाङ, दिलिप ठकुरी, महेन्द्रकुमार राई, विवेक बेघा लिम्बु, छेवाङ लामा तथा बाल कलाकार सुदिता लिङदेनको अभिनय छ ।

दिनेश लिङ्देनको कथा र निर्देशन रहेको सिनेमामा जानु काम्बाङ लिङ्देन र शंकर अधिकारी घायलको गीत, विकास चौधरी र राजकुमार बगरको संगीत, राजेशपायल राई, अमृता लिम्बु, दिनेश लिङ्देन र श्रेयसी चेम्जोङको स्वर रहेको छ ।

सुमित लिङ्देनको प्रस्तुति रहेको सिनेमामा जनक कार्कीको नृत्य, राजु किराँतीको द्वन्द्व र ज्ञानु राईको छायांकन छ । रिता देवी मुभिज तथा नेपाल चलचित्र युवा मञ्चको आयोजनामा भएको कार्यक्रममा त्रिभुवन लुम्फुङवा, डा सुनिता भट्टराई, मेकबहादुर मगर, प्रेम आले मगर, बाल कलाकार दिविसा साप्कोटा, भीम थेबे लिम्बूलगायतलाई सम्मान समेत गरिएको थियो ।