सिद्धार्थसँग मिलेर ‘गोबर’ बनाउँदै अजय

सिद्धार्थसँग मिलेर ‘गोबर’ बनाउँदै अजय

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अजय देवगनले कमेडी सिनेमा ‘गोबर’को निर्माण घोषणा गरेका छन् । यो सिनेमामा अजयको साथै सिद्धार्थ राय कपूरको लगानी रहने छ ।

सबल शेखावतले निर्देशन गर्न लागेको सिनेमाको कथा संबित मिश्राले तयार पारेका छन् । सिनेमामा कलाकारको विषयमा जानकारी दिइएको छैन । ‘सिनेमाको कहानी अनोठ, अद्भुत, मजेदार र मनोरन्जनात्मक छ । मलाई विश्वास छ, यो सिनेमाले दर्शकलाई हलसम्म आकर्षित गर्ने छ । हामी दर्शकलाई हसाउन, रिल्याक्स गर्न र खुशी दिन चाहन्छौ’ अजयले भने ।

अजयको निर्माणमा बनेको सिनेमा ‘द बिग बुल’ हालै डिजिटल प्लाटफर्ममा रिलिज भएको छ । साथै उनी सिनेमा ‘आरआरआर’ र ‘मौदान’को प्रदर्शनको पखाईमा छन् ।

-एजेन्सी