चलचित्र पत्रकार संघको कल्याणकारी कोषमा ‘श्री’को सहयोग

चलचित्र पत्रकार संघको कल्याणकारी कोषमा ‘श्री’को सहयोग

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘श्री’ टिमले चलचित्र पत्रकार संघ नेपालको ‘कल्याणकारी कोष’लाई सहयोग गरेको छन् । शुक्रबार काठमाडौंको बानेश्वरस्थित वान सिनेमाजमा आयोजित प्रेस शोमा निर्मात्री सविता गरुङ, वितरक करण श्रेष्ठ, अभिनेता सन्दीप क्षेत्री र भोलाराज सापकोटाले २५ हजार १ सय ५ रुपैयाँ हस्तान्तरण गरेका थिए ।

सहयोग कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौला, महासचिव समिर बलामी, कार्यक्रम उपाध्याक्ष जिवन पराजुली, कोषाध्यक्ष प्रदिप कार्की, सचिव रघुनाथ सापकोटा र विशाल राई, सदस्य अशिष वली र श्रृष्टि पोखरेल लगायत उपस्थित थिए । दोस्रो हप्ता प्रवेश गरेको अवसरमा चलचित्र पत्रकारका लागि प्रयोग हुने कल्याणकारी कोष वृद्धिका लागि सहयोग गरेको निर्मात्री गुरुङले बताइन् । ‘हामीले केहि सहयोग गर्ने सोच बनाएर हातेमालो गरेका हौँ’ उनले भनिन् । कोषमा यसअघि नै निर्माता तथा प्रदर्शक सुमित मैनालीले ५१ हजार र निर्देशक जनकदीप पराजुलीले २५ हजार ५ सय सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

चैत्र २७ गते देखि प्रदर्शनमा आएको सिनेमा दोस्रो सातामा प्रवेश गरेको छ । एभरेस्ट सूर्य बोहरा निर्देशित सिनेमामा सन्दीप क्षेत्री, वर्षा सिवाकोटी, बुद्धि तामाङ, बसुन्धारा भुसाल, राजा राम पौडेल, रविन्द्र झा, भोलाराज सापकोटा, सविता गुरुङ, मोहन कृष्ण श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ ।