वैशाख अन्तिमसम्म सिनेमा हल बन्द

वैशाख अन्तिमसम्म सिनेमा हल बन्द

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोरोनाको जोखिम बढ्दै गएपछि सरकारले वैशाख मसान्तसम्म सिनेमा हलहरु बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले हलसहित भीडभाड हुने सबै क्षेत्र बन्द गर्न आदेश दिएको हो । करिब १० महिना बन्द रहेको सिनेमा हल सरकारले पौष २६ गतेदेखि सञ्चालनमा ल्याउन अनुमति दिएको थियो । ५० प्रतिशत अकुपेन्सीमा सञ्चालनमा आएका हलहरु तीन महिनापछि फेरि बन्द भएका छन् ।

यी तीन महिनामा केहि नयाँ नेपाली सिनेमा र विदेशी सिनेमा प्रदर्शन भए । तर, सिनेमा घरमा दर्शकको संख्या न्यून रहेको थियो ।