राजकुमारले १५ करोडमा साइन गरे ‘मोनिका, ओ माई डार्लिङ’

राजकुमारले १५ करोडमा साइन गरे ‘मोनिका, ओ माई डार्लिङ’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता राजकुमार रावले नेटफ्ल्क्सिको निर्माणमा बन्न लागेको सिनेमा ‘मोनिका, ओ माई डार्लिङ’ साइन गरेका छन् । उनले यस सिनेमाको लागि महंगो पारिश्रमिक लिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ ।

उनले यस सिनेमाको लागि भारु. १५ करोड पारिश्रमिक लिएको बताइएको छ । श्रीराम राघवनको निर्देशनमा बन्न लागेको सिनेमामा अभिनेता राजकुमार राव र हुमा कुरेसीको मुख्य भुमिका रहनेछ ।

राजकुमारले नेटफ्ल्क्सिको सिनेमा ‘द वाइट टाइगर’मा पनि काम गरिसकेका छन् । उनी अभिनित सिनेमा ‘हम दो दोबारा’ र ‘बधाई दो’ प्रर्दशनको पर्खाइमा छ ।