रौनक र सुपुष्पाले गरे इन्गेजमेन्ट

रौनक र सुपुष्पाले गरे इन्गेजमेन्ट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्माता रौनक विक्रम कँडेल र अभिनेत्री सुपुष्पा भट्टले इन्गेजमेन्ट गरेका छन् । बुधबार काठमाडैंको गैरीधारास्थित सिल्भर बैंक्वेटमा उनीहरुले दुई परिवारका सदस्यमाझ इन्गेजमेन्ट भएको हो ।

रौनक र सुपुष्पाबीच बैशाख १७ गतेलाई तय गरिएको थियो । तर, नेपाल सरकारले १६ निशेषज्ञा घोषणा गरेपछि उनीहरुले बुधबार नै टीकाटालो गरिएको थियो । एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका सुपुष्पा र रौनकले यसै वर्ष विवाह गर्ने तयारीमा छ ।

रौनकले कबड्डी, कबड्डी कबड्डी र मिस्टर झोले निर्माण गरेका छन् । भने, रणबीरबाट नेपाली सिनेमा क्षेत्रमा पाइला टेकेकी सुपुष्पाले छ माया छपक्कै, चपली हाइट ३ र थुप्रै म्युजिक भिडियोमा काम गरिसकेकी छन् ।