अदालतले मलाई न्याय दियो : गोविन्द शाही

अदालतले मलाई न्याय दियो : गोविन्द शाही

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बितरक गोविन्द शाहीले काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका छन् । प्रदीप खड्का, जसिता गुरुङ र प्रिंयका कार्की अभिनित सिनेमा ‘लिलिबिली’को सेयरलाई लिएर निर्माता सुदीप खड्का र निर्देशक तथा निर्माता मिलन चाम्ससँग विवाद भएको थियो ।

विवाद बढ्दै गएपछि निर्माता खड्का र चाम्स अर्का निर्माता तथा बितरक शाही विरुद्ध अदालत गएका थिए । मंगलबार अदालतबाट सफाई पाएसँगै निर्माता तथा बितरक शाहीले अदालतले आफुलाई न्याय दिएको समाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।