नेपाली कथा र हिमश्रृंखलाबाट प्रभावित अनुराग कश्यप

नेपाली कथा र हिमश्रृंखलाबाट प्रभावित अनुराग कश्यप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – केहिदिन यता काठमाडौंमा नेपाल अन्तराष्ट्रिय सिनेमा महोत्सव (निफ)को चौथो संस्करण आयोजना भैरहेको छ । नेपाली सिनेमा र सिनेमाकर्मीलाई विश्वमाझ परिचित गराउनका साथै नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वभरि फैलाउने उदेश्य रहेको निफले जनाएको छ ।

भर्चुअल संस्करणमा आयोजित निफको पहिलो दिन भारतीय सिनेमा लेखक तथा निर्देशक अनुराग कश्यपले आफ्नो अनुभव सुनाएका थिए । आफु पटक पटक नेपाल आएको र नेपालका हिम श्रृंखलाबाट प्रभावित भएर सिनेमा सुटिङ्गको योजना समेत रहेको बताए ।

नेपालका मनोरम दृश्य, नेपाली कथा बिश्व बजारले समेत उत्साहाका साथ हेरीरहेको सुनाउँदै आफु लण्डनमा रहेको बेला डिभिडिबाट नेपाली सिनेमा हेर्ने गरेको र पछिल्लो समय कालोपोथी र सेतो सूर्य लगायतका सिनेमा हेरेको सुनाए ।

बृतचित्र र लघु सिनेमा प्रतिष्पर्धाकी प्रमुख निर्णायक भारतकी फजीया फतीमा, निर्णायक तथा निर्देशक तुलसी घिमिरे, बिकाश बोर्डका सदस्य सचिव महेन्द्र शाखी, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौला लगायतले निफको भूमिकाको प्रशंसा गर्दै निरन्तरताको लागी साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।