सिधै ओटीटीमा रिलिज हुँदै विद्या बालन अभिनित ‘सेरनी’

सिधै ओटीटीमा रिलिज हुँदै विद्या बालन अभिनित ‘सेरनी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री विद्या बालन अभिनित एडभेन्चर सिनेमा ‘सेरनी’को रिलिज घोषणा गरिएको छ । कोरोना महामारीका कारण सिनेमा हल खुल्ने टुङ्गो नलागेपछि निर्माण टिम सिनेमा सिधै ओटीटीमा रिलिज गर्न लागेको हो ।

विद्या अभिनित सिनेमा ‘सकुन्तला देवी’ पनि गतवर्ष सिधै ओटीटीमा रिलिज भएको थियो । यही सिनेमाको सफलताका कारण अमेजन प्राइमले सिनेमालाई मंहगो मुख्य तिरेको बलिउड मिडियाले जनाएका छन् । अमित मासुरकर निर्देशित सिनेमामा भुषण कुमार, कृष्ण कुमार, विक्रम मल्होत्रा र अमित मासुरकरको लगानी रहेको छ ।

जुन महिनामा रिलिज हुने सिनेमाको कथा तथा सम्वाद आस्था टिकुले तयार पारेकी हुन् । सिनेमामा विद्या बालनका अलवा शरद सक्सेना, मुकुल चढ्ढा, विजय राज, इला अरुण, ब्रजेन्द्र काला र निरज काबीको अभिनय रहेको छ । सिनेमामा विद्याले एक प्रतिकुल र शत्रुतापुर्ण समयका पनि निष्ठा पूर्वक काम गर्ने साहासी महिला अफिसरको भुमिका निवार्ह गरेकी छन् ।