शंकरको निर्देशनमा ‘सुनको चन्द्रमा’को भिडियो रिलिज

शंकरको निर्देशनमा ‘सुनको चन्द्रमा’को भिडियो रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘सुनको चन्द्रमा’ बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ । गायक शिव परियार र रचना रिमालको स्वर समावेश गीतमा दीपक शर्माको संगीत र पुष्प आचार्यको शब्द रचना रहेको छ । गीतलाई गायक तथा संगीतकार ओम सुनारले एरेञ्ज गरेका हुन् ।

चितवनका विभिन्न रमणीय स्थानमा खिचिएको गीतको भिडियोमा शंकर बिसी, शोभित बस्नेत, उत्सव अधिकारी, दीपा-दमन्ता र डाक्टर प्रतिक्षा पौडेलको अभिनय रहेको छ । गीतको भिडियोलाई शंकर बिसीले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् ।

सार्वजनिक गीतको भिडियोमा दुर्गा पौडेलको छायांकन, नबिन घर्ति मगरको सम्पादन, रबि एण्ड उषा मिडियाको लगानी र महेश्वरमान राजभण्डारीको मिक्सिङ तथा मास्टरिङ रहेको छ । गायक शिव परियारको अफिसियल युटुब च्यानलबाट भिडियो सार्वजनिक गरिएकोे छ ।