करणपछि शाहरुखको सिनेमाबाट निकालिए कार्तिक

करणपछि शाहरुखको सिनेमाबाट निकालिए कार्तिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता कार्तिक आर्यनलाई एकपछि अर्को झट्का लागि रहेको छ । केही समय पहिले करण जोहरको लगानी रहने ‘दोस्ताना २’बाट निकालिएका थिए ।

कार्तिक हालै शाहरुख खानको रेड चिल्ली इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने नयाँ सिनेमाबाट पनि निकालिएका छन् । बलिउड हंगामाले कार्तिकले सिनेमाको कथा परिवर्तन गर्नु पर्ने माग राखेसँगै उनलाई सिनेमाबाट निकालिएको उल्लेख गरेको छ ।

कैट्रीना कैफको पनि मुख्य भुमिका रहने सिनेमाको नाम ‘फ्रेडी’ राखिएको थियो । लगातार एकपछि अर्को सिनेमाबाट निकालिएको खबर बाहिरिन थालेसँगै कार्तिकको करियर सकिन लागेको चर्चा चल्न थालेको छ । उनका फ्यानले कार्तिकले आफ्नै कारण आफ्नो करियर सक्न थालेको टिप्पणी गरेका छन् ।

शाहरुख खानको लगानी रहने सिनेमा कोरोना महामारीको दोस्रो लहरका कारण छायांकन हुन सकेको थिएन् । अजय बहलको निर्देशन रहने ‘फ्रेडी’बाट बाहिरिएसँगै कार्तिकले पाएको २ कारोड साइनिङ अमाउन्ट पनि फिर्ता गरेका छन् । यस विषयमा निर्माण कम्पनीले कुनैपनि जानकारी सार्वजनिक गरेको छैन् ।