‘हिरोपन्ती २’मा टाइगरसँग भिड्दै नवाजुद्दिन सिद्दीकी

‘हिरोपन्ती २’मा टाइगरसँग भिड्दै नवाजुद्दिन सिद्दीकी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता बलिउड अभिनेता नवाजुद्दिन सिद्दीकीको ‘हिरोपन्ती २’मा प्रवेश भएको छ । टाइगर श्राफको मुख्य भुमिका रहने सिनेमामा उनी भिलेन भुमिकामा देखिने बलिउड मिडियाले जनाएका छन् ।

केही समय पहिले सिनेमाको पहिलो चरणको छायांकन मुम्बईमा सकिएको थियो । अभिनेता सिद्दीकी सिनेमा छायांकनको दोस्रो चरणबाट जोडिने बलिउड हंगामाले जनाएको छ । अब महाराष्ट्रमा लकडाउन हटेसँगै सिनेमाको दोस्रो चरणको छायांकन गर्न निर्माण टिम तयार छ ।

साजिद नाडियाडवालको निर्माण र अहमद खानको निर्देशनमा बन्ने सिनेमामा अभिनेत्री तारा सुतारिया मुख्य भूमिकामा छिन् । हिरोपन्ती सन् २०१४ मा रिलिज भएको बल्कबस्टर सिनेमा हो, जुन सिनेमाबाट टाइगर र कृति सेननले बलिउडमा डेव्यु गरेका थिए ।

‘हिरोपन्ती २’को प्रदर्शन मिति यही वर्षको डिसेम्बर ३ लाई फाइनल गरिएको छ । तर कोरोना महामारीको दोस्रो लहरका कारण भारतका सम्पुण सिनेमा हल बन्द रहेका छन् । हल कहिलेबाट सञ्चालनमा आउँछन् यसै भन्न सकिने अवस्था नरहेकाले सिनेमा उक्त मितिमा रिलिज नहुने आशंका बलिउड मिडियाले गरेका छन् ।