‘सेरनी’ ट्रेलर : आदमखोर बाघ खोज्दै बिद्या बालन

‘सेरनी’ ट्रेलर : आदमखोर बाघ खोज्दै बिद्या बालन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री बिद्या बालन अभिनित सिनेमा ‘सेरनी’को ट्रेलर रिलिज गरिएको छ । २ मिनेट २६ सेकेन्ड लामो ट्रेलरमा एक आदमखोर बाघ खोज्ने साहासी महिला अफिसरको भुमिकामा बिद्यालाई प्रस्तुत गरिएको छ ।

एडभेन्चर सिनेमा ‘सेरनी’ कोरोना महामारीका कारण सिनेमा हल खुल्ने टुङ्गो नलागेपछि निर्माण टिम सिनेमा सिधै ओटीटीमा रिलिज गर्न लागेको हो । विद्या अभिनित सिनेमा ‘सकुन्तला देवी’ पनि गतवर्ष सिधै ओटीटीमा रिलिज भएको थियो । यही सिनेमाको सफलताका कारण अमेजन प्राइमले सिनेमालाई मंहगो मुख्य तिरेको बलिउड मिडियाले जनाएका छन् ।

अमित मासुरकर निर्देशित सिनेमामा भुषण कुमार, कृष्ण कुमार, विक्रम मल्होत्रा र अमित मासुरकरको लगानी रहेको छ । जुन १८ मा रिलिज हुने सिनेमाको कथा तथा सम्वाद आस्था टिकुले तयार पारेकी हुन् । सिनेमामा विद्या बालनका अलवा शरद सक्सेना, मुकुल चढ्ढा, विजय राज, इला अरुण, ब्रजेन्द्र काला र निरज काबीको अभिनय रहेको छ ।