दोषपूर्ण र मिडिया प्रचार फण्डा भन्दै जुहीको ५ जी विरुद्धको रिट खारेज

दोषपूर्ण र मिडिया प्रचार फण्डा भन्दै जुहीको ५ जी विरुद्धको रिट खारेज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री जुही चावलाको रिट दिल्ली उच्च अदालतले खारेज गरेको छ । अदालतले भारतमा ५ जी टेक्नोलोजीको रिट विरुद्ध अभिनेत्री र पर्यावरणविद् जुही चावलाको रिट दोषपूर्ण र मिडिया प्रचारको लागि गरिएको भन्दै खारेज गरिएको बलिउड मिडियाले जनाएका छन् ।

जुहीको रिटको अदालतले जुन २ अर्थात बुधबार सुनुवाइ गरेको बलिउड हंगामाले जनाएको छ । न्यायाधीश जे आर मिधाले जुहीको कदम निकै आश्चर्यजनक भएको भन्दै सरकारले उक्त कदम चाल्नु अघि नै किन रोकिनन् ? भन्दै प्रश्न गरेका थिए ।

भारतमा ५ जी जस्ता वायरलेस नेटवर्क र ग्याजेटहरुबाट निस्कने आरएफ रेडियन्स मानवका साथै पृथ्वीका हरेक अन्य प्राणीलाई घातक हुने भन्दै कार्यान्वयनमा जुहीले रिटमार्फत प्रश्न उठाएकी थिइन् ।